ट्रेण्डिङ

होमपेज / राजनीति

बार एशोसिएसन परिसरमा वकिलबीच किन भयाे कुटाकुट?

नेपालगाथा २०७८ कार्तिक १२ गते शुक्रबार १४:३९:१८ मा प्रकाशित

काठमाडौं । नेपाल बार एसोसिएसन परिसरमा कानुन व्यवसायीहरूबीच शुक्रबार हात हालाहाल भएको छ । काठमाडौंको रामशाहपथस्थित नेपाल बारको भवनबाहिर हात हालाहात भएको हो ।

शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा कुटाकुट भएको हो ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरिररहेका छन् । त्यही विषयमा भनाभन हुँदा दुईबीच कुटाकुट भएको हो ।

 अधिवक्ता भूमिनन्द चुडाँलले आफूलाई अर्का अधिवक्ता विराट न्यौपानेले हातपात गरेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top