ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री देउवाको अनुपस्थितिमा दैनिक प्रशासनिक काम गृहमन्त्री बालकृष्ण खाँणले सम्हाल्ने

नेपालगाथा २०७८ कार्तिक १२ गते शुक्रबार १२:४६:३८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिमा दैनिक प्रशासनिक काम गृहमन्त्री बालकृष्ण खाँणले सम्हाल्ने भएका छन् ।

प्रधानमन्त्री देउवा बेलायत भ्रमणमा निस्किनुअघि गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् । एक साता लामो वैदेशिक भ्रमणमा निस्किएकाले नियमित काम कारबाहीका  लागि खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको बरिष्ठतम सदस्य खाँणले प्रधानमन्त्रीको अनुपस्थितिमा गर्नुपर्ने कामकाज सम्हाल्ने गरी तोकेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top