होमपेज / राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संसद् विघटनविरुद्धको मुद्दामा ‘परमादेश दिने सबै न्यायाधीशले राजीनामा दिनुपर्ने’ भन्ने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति अनुचित भएको बताएका छन् ।
आज कैलाली पुगेका नेपालले धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै न्यायापालिकालाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्नेमा ओलीले अनावश्यक रिस साँधिरहेको आरोप लगाए ।‘यो सबै कुरा केपी ओलीले विगारेको हो । उहाँले स्वतन्त्र न्यायपालिकालाई अनावश्यक लान्छाना लगाउने काम गर्दै आउनुभएको छ, त्यो उहाँको अत्यत्नै अनुचित, हस्तक्षेपकारी र देशको सबै प्रणलीलाई भत्काउने प्रबृतिको उपज हो,’ अध्यक्ष नेपालले भने, उहाँले आफ्नो पक्षमा नभएका कसैलाई पनि सहन सक्नुहुन्न । उहाँको यो असहिष्णु स्वभाव, अलोकतान्त्रिक र जवजविरोधी स्वभाव र चरित्र नै यो मुलुकका लागि ठूलो समस्या भएको छ ।’
स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप गर्न नहुनेमा उनले जोड दिए । प्रधान्यायाधीशलाई महाअधियोग लगाउने विषयमा सत्ता गठबन्धनमा कुनै छलफल नभएको समेत बताए ।