ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तोके ८ इजलास

नेपालगाथा २०७८ कार्तिक ११ गते बिहीबार १२:०३:४६ मा प्रकाशित

काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज (बिहीबार) का लागि ८ वटा इजलास तोकेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बिहीबारका लागि आफूसहितका ८ वटा इजलास तोकेका हुन्। सोमबारदेखि सर्वोच्च अदालतका न्यायाधीशहरुले इजलास बहिष्कार गर्दै आएका छन्। सोमबार र मंगलबार प्रधानन्यायाधीश राणाले आफ्ना लागि इजलास गठन गरेका थिएनन् । तर हिजो (बुधबार) उनले आफ्नो एकल इजलासमा पाँच वटा निवेदनमा सुनुवाइ गरेका थिए ।

बिहीबारका लागि पनि उनले आफ्नो एकलसहित ८ इजलास तोकेका हुन् । प्रधानन्यायाधीश राणामाथि न्यायिक विचलन, राजनीतिक भागबन्डा तथा भ्रष्टाचारमा संलग्न भएको आरोप छ । राजीनामाको माग गर्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरिरहेका छन् । यस्तै नेपाल बार, सर्वोच्च बार तथा केही पूर्वप्रधानन्यायाधीशहरुले उनको राजीनामा मागेका छन् । बिहीबारका १६७ मुद्दाको पेशी तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top