होमपेज / राजनीति
काठमाडौं । बहुमत (५९) सांसदसहित बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई आजै अपरान्ह शपथ खुवाउने तयारी प्रदेश प्रमुखको कार्यालयले गरेको छ ।
वाग्मती प्रदेशमा आज नै नयाँ सरकार गठन हुने निश्चित छ । मुख्यमन्त्री पाण्डेसँगै गठबन्धनले प्रत्येक दलबाट एक एक जनाले मन्त्रीमा शपथ लिने भएका छन् । नेपाली कांग्रेस प्रदेश सभा एक सदस्यका अनुसार आज पाण्डेसँगै नेपाली कांग्रेसबाट कृष्ण भडेलले सपथ लिँदैछन् । माओवादी केन्द्रबाट कुमारी मोक्तान र नेकपा एसबाट कृष्ण खनालले पनि मन्त्रीको रुपमा सपथ लिँदैछन् ।
माओवादी केन्द्रकी उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भडेल र एकीकृत समाजवादीका उपनेता कृष्ण खनाल मन्त्री बन्ने लगभग पक्का छ । कुमारीलाई अर्थ, भडेललाई भौतिक र खनाललाई सामाजिक विकास मन्त्रालय दिने गठबन्धनको तयारी छ ।
बुधबारकाे प्रदेशसभा बैठकमा अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिँदै नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेकी थिइन् ।