होमपेज / राजनीति
हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ ।वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन।
प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्ति गर्न दावी पेश गर्न आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयकका प्रवक्ताकृष्ण प्रसाद आचार्यले बताए ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका छन् ।