होमपेज / राजनीति
काठमाडौं । सर्वोच्च अदालतमा आज ‘फुल कोर्ट’ बैठक बसिरहेकाे छ।
सर्वोच्चका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनमा शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बसेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए।बैठकका लागि न्यायाधीशहरू सर्वोच्च अदालत गएका छन।यसअघि, उनीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तोकेको इजलास बहिस्कार गर्दै आएका छन् ।
प्रधानन्यायाधीश राणा र न्यायाधीशहरूबीच अहिलेको विवादमा मतभेद हुँदा सोमबारदेखि सर्वोच्चमा इजलास चल्न सकेका छैनन्।