ट्रेण्डिङ

होमपेज / राजनीति

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै

नेपालगाथा २०७८ कार्तिक १० गते बुधबार ०८:४३:१७ मा प्रकाशित

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदैछिन् । 

दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने छिन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथि ४ कात्तिकमा छलफल भइसकेको छ । आज मतदान हुन लागेको हो । 

मुख्यमन्त्री शाक्यले २४ असोजमा बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेकी थिइन् । २५ भदौमा नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top