ट्रेण्डिङ

होमपेज / राजनीति

१४औँ महाधिवेशनको कार्यतालिका बनाउन पार्टीको निर्वाचन समितिलाई देउवाको निर्देशन

नेपालगाथा २०७८ कार्तिक ९ गते मंगलबार १८:३७:१८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिरभित्र सम्पन्न हुनेगरी  १४औँ महाधिवेशनको कार्यतालिका बनाउन पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका छन् ।

तर निर्वाचन समितिले मंगलबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका पदाधिकारीसँग गरेको छलफलमा तोकिएको समयमा महाधिवेशन गर्न नसकिने बताएको हो ।कांग्रेसले १४ औं महाधिवेशन मंसिर ९ देखि १३ सम्म गर्ने भनेको छ। तर कार्यतालिका प्रभावित भइसकेको छ। सभापति देउवाले मंसिरभित्र महाधिवेशन सक्ने गरी अगाडि बढ्न आग्रह गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए।

महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न केन्द्रीय समितिको बैठक राख्न आफूले माग गरेको वरिष्ठ नेता पौडेलले बताए। कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन नै गरेको छैन भने १३ जिल्लामा जिल्ला अधिवेशन नै सकिइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top