ट्रेण्डिङ

होमपेज / राजनीति

१५ न्यायाधीशको बैठक :इजलास बहिस्कार गर्ने निर्णय

नेपालगाथा २०७८ कार्तिक ९ गते मंगलबार १७:१६:२४ मा प्रकाशित

काठमाडौं ।  वरिष्ठ अधिवक्ता शम्भु थापाले बुधबारदेखि कानुन व्यवसायीहरुले सर्वोच्च अदालतमा बहस नगर्ने बताएका छन् ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने र उनले गरेका गलत कामको छानबिन हुनुपर्ने आफूहरुको माग रहेको थापाले बताए । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा नदिने बताएपछि भावी रणनीतिबारे छलफल गर्न बसेका सर्वोच्च अदालतका १५ न्यायाधीशले अहिलेको संकटको कारक प्रधानन्यायाधीश नै रहेको निष्कर्ष निकाल्दै उनले राजीनामा नदिएसम्म इजलासमा नबस्ने निष्कर्ष निकालेका छन्।

अहिलेसम्म बारका ३७ जना सल्लाहकारले आफ्ना सुझाव दिइसकेको वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले जानकारी दिए ।उनका अनुसार ३७ मध्ये ३६ जनाले प्रधानन्यायाधीशको राजीनामा मागेका छन् ।तीमध्ये अधिकांशले प्रधानन्यायाधीशले राजीनामा नदिए इजलास बहिस्कार गर्नुपर्ने सुझाव पनि दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top