होमपेज / राजनीति
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कुनै पनि हालतमा राजीनामा नदिने बताएका छन।मंगलबार सर्वोच्च अदालतका न्यायाधीशहरूसँगको भेटमा प्रधानन्यायाधीश राणाले कसैले भन्दैमा र दबाब दिँदैमा आफूले राजीनामा नदिने बताएका हुन् ।
'सडकबाट कसैले दबाब दिँदैमा र कसैले राजीनामा दिन सुझाव दिँदैमा मैले राजीनामा दिन्नँ,' न्यायाधीशहरूसँगको भेटमा उनले भने, 'म प्रधानन्यायाधीश संवैधानिक प्रक्रियाबाट नियुक्त भएको हुँ । त्यसैले राजीनामा दिन्नँ ।'
उनले आफू संवैधानिक प्रक्रियाबाटै नियुक्त भएकाले छोड्नु परे संवैधानिक प्रक्रियाबाटै छोड्ने बताए । 'म विधि र पद्धतिबाट प्रधानन्यायाधीश भएको हुँ । कसैले राजीनामा माग्दैमा र सडकबाट दबाब दिँदैमा मैले छोड्दिनँ । मलाई हटाउने हो भने संवैधानिक प्रक्रिया छ नै,' उनले न्यायाधीशहरूसँग भने ।