ट्रेण्डिङ

होमपेज / राजनीति

सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरलाई भेटेरै राजीनामा दिन दबाब दिने

नेपालगाथा २०७८ कार्तिक ९ गते मंगलबार १०:३७:४५ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले नै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्ने निर्णय गरेका छन् ।

त्यसमा काठमाडौंबाहिर रहेका दुई न्यायाधीश अनिलकुमार सिन्हा र सपना मल्ल प्रधानले पनि आफूहरूको सहमति भएको इमेल पठाएका छन् ।यसले प्रधानन्यायाधीश र न्यायाधीशबीच विश्वासको संकट देखाएको छ । प्रधानन्यायाधीश जबरा न्यायिक विचलन, भागबन्डा, सौदाबाजी र भ्रष्टाचारमा संलग्न भएको भन्दै सार्वजनिक रूपमा मागिएको उनको राजीनामाप्रति सर्वोच्चकै न्यायाधीशहरूसमेत ‘कन्भिन्स’ भएको देखिन्छ ।

सर्वोच्च अदालत उच्च स्रोतका अनुसार, राजीनामा माग्नुपर्ने सबैभन्दा पेचिलो विषय गजेन्द्र हमालको नियुक्ति र प्रधानन्यायाधीश जबराको रवैयाका कारण हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top