ट्रेण्डिङ

होमपेज / राजनीति

सर्वोच्च अदालतका न्यायाधीशहरुले आज प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई भेटेर परामर्श गर्दै

नेपालगाथा २०७८ कार्तिक ९ गते मंगलबार ०९:३४:०६ मा प्रकाशित

काठमाडौं । सोमवार बोलाइएको फुलकोर्ट र इजलास बहिस्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरुले आज प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई भेटेर परामर्श गर्दैछन् ।

न्यायिक नेतृत्वमा देखिएको समस्या र समाधानका बारेमा छलफल गर्न उनीहरुले सामूहिक रुपमा प्रधानन्यायाधीश जबरालाई भेट्न लागेका हुन् । उनीहरुले फुलकोर्ट बहिस्कार गरेकोमा नेपाल बार एशोसियसनले समेत निन्दनीय भनेको छ ।

‘भेटघाटमा के–के विषयवस्तु उठाउने भनेर हामीले तयारी गरेका छौं । तर भेटघाट हुनुअघि ती विषय बाहिर नल्याउने सहमति भएको छ’ सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘उहाँको रवैया कस्तो हुन्छ, त्यसका आधारमा हामी फेरि छलफल गरेर उपयुक्त निष्कर्षमा पुग्नेछौं ।’

न्यायाधीशहरुका आ-आफ्ना राय आएको र आज प्रधानन्यायाधीशसँग परामर्श गर्ने कुरामात्र भएको ती न्यायाधीशको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top