ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानन्यायाधीसको अवज्ञा गर्न डा. केसीको अपिल

जबराको राजीनामा माग

नेपालगाथा २०७८ कार्तिक ८ गते सोमबार १८:२२:३९ मा प्रकाशित

काठमाडौं । चितित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेका छन् ।

राजीनामा नदिए पदमुक्तीका लागि अहिंसात्मक आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनको चेतावनी छ ।सोमबार विज्ञप्ति जारी गरेर डा. केसीले न्यायिक विचलन, भागबण्डा, सौदाबाजी र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको भन्दै प्रधानन्यायाधीशको राजीनामा मागेका हुन् ।

राणाले न्यायिक विचलन, भागवण्डा, सौदावाजी र भ्रष्टाारजन्य कार्यमा संलग्न भएर न्यायिक नैतिकताबाट च्युत भएको आरोप पनि उनले लगाएका छन् ।"न्यायिक नैतिकताबाट च्युत भएको हुँदा न्यायालयको स्वतन्त्रता र स्वच्छताको रक्षाका लागि तत्काल उहाँको राजीनामाको माग गर्दछौँ," विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top