होमपेज / राजनीति
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले बोलाएको पूर्ण बैठक (फुलकोर्ट) बहिस्कार गर्ने निर्णय गरेका सर्वोच्च अदालतमा न्यायाधीशहरुको भेला शुरु भएको छ ।
मन्त्रिपरिषदमा भाग खोज्नेलगायत विषयमा विवादित प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने वा उनलाई महाअभियोग लगाउनुपर्नेबारे न्याय क्षेत्रमा आवाज उठ्न थालेपछि सर्वोच्च अदालतका न्यायाधीशले आफूहरू मौन बस्न नहुने र एउटा निर्णय लिनुपर्ने निष्कर्ष निकाल्दै निरन्तर छलफलमा छन्।
प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भागबण्डा खोजेको विषय उठेपछि उनी दबाबमा परेका छन् ।शुक्रबारदेखि सुरू भएको छलफललाई उनीहरूले आज पनि निरन्तरता दिएका हुन।