ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाल बारले न्यायालय सुधारको अभियानमा बाधक बनेमा प्रधानन्यायाधीशको राजीनामा माग्ने

नेपालगाथा २०७८ कार्तिक ७ गते आइतबार १५:३८:२२ मा प्रकाशित

काठमाडौं । नेपाल बारले न्यायालय सुधारको अभियानमा बाधक बनेमा प्रधानन्यायाधीशको राजीनामा माग्ने स्पष्ट पारेको छ ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले नेपाल बारले अहिलेसम्म प्रधानन्यायाधीशको राजीनामा नमागेको तर न्यायालय सुधारको अभियानमा बाधक बनेमा राजीनामा माग्ने बताएका हुन् ।बारका पदाधिकारीहरुले आइतबार प्रधानन्यायाधीश जबरालाई भेटेपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले अहिलेसम्म आफूहरुले राजीनामालाई एजेण्डा नबनाएको बताए ।

उनले आफूखुसी इजलास तोक्ने काम बन्द हुनुपर्ने बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top