ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानन्यायाधीशको विवादित भूमिकाबारे फूल कोर्टमा छलफल हुने

मंगलबारदेखि गोलाप्रथाबाट पेशी तोक्ने

नेपालगाथा २०७८ कार्तिक ७ गते आइतबार १४:५३:२४ मा प्रकाशित

काठमाडौं ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।आइतबार नेपाल बारका पदाधिकारीसँग भएको छलफलमा प्रधानन्यायाधीशले सो प्रतिबद्धता जनाएका हुन् । 

नेपाल बार एसोसिएसनले भोलि सर्वोच्च अदालतको फूल कोर्टसँग छलफल गर्ने भएको छ ।नेपाल बार एसोसिएसनको छलफलमा प्रधानन्यायाधीश राणाले भने, '२०४१ सालमा विवाहपछि गजेन्द्र हमालसँग मेरो पारिवारिक सम्बन्ध गाँसिएको हो । मेरो श्रीमतीको निधनपछि पनि नाता त कायमै छ । मैले हमाललाई मन्त्री बन्न सिफारिस गरेकै होइन । उहाँलाई मन्त्री बनाउने चर्चा भएपछि नबनाउनु चाहिँ भनेको हो ।'

जबराले सर्वोच्च अदालतमा मंगलबारदेखि गोलाप्रथाबाट पेशी तोक्ने बताएका छन् । नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँग आइतबार भएको भेटमा उनले पर्सि (मंगलबार) देखि गोला प्रथाबाट पेशी तोक्ने बताएका बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top