ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले युगको अन्त्य भयो र नयाँ युग आयो भनेर भ्रमपूर्ण स्यालहुइया चलाइए, तर हामी अहिले पनि सबैतिर पहिलो शक्ति हौं:ओली

नेपालगाथा २०७८ कार्तिक ६ गते शनिबार १४:१४:४९ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एक्लै सबैतहमा शानदार बहुमत ल्याउने गरी पार्टीले तयारी गरेको बताएका छन् । 

शनिबार पार्टीको वडा अधिवेशनको भर्चुअल विधिबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले तीन महिनाको अवधिमा पाँच दलीय गठबन्धनको असली रुप देखिएको बताए ।देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन भर्चुअल रूपमा उद्घाटन गर्दै शनिबार ओलीले पाँच दलीय गठबन्धन प्रतिक्रियावाद, कम्युनिष्ट आन्दोलन विरोधी, कम्युनिष्ट पार्टी फुटाउने र प्रतिगामीका पाउनमा सेवा चढाउन बनेको बताए।

ओलीले भने, ‘एमालेलाई सरकारबाट हटाएपछि हल्ला चल्यो, अब एमाले समाप्त भयो भनेर । एमाले युगको अन्त्य भयो र नयाँ युग आयो भनेर भ्रमपूर्ण स्यालहुइया चलाइए । तर, ती हल्लाहरु बेकारका पानीका फोका सावित भएका छन् ।’

उनले थपे, ‘हामीलाई बदनाम र चरित्रहत्या गर्न खोजियो । विभिन्न लान्छना लगाइयो । लड्डु खाने जमाना चल्यो । एमालेको पराजित भयो एमाले सिध्याइयो भनेर विजयोत्सव मनाइएयो । अविर जात्रा गरियो । तर, अहिले पनि तुलना नै गर्न नसक्नेगरी हामी देशको पहिलो शक्ति हौं ।’

अध्यक्ष ओलीले गत असोज १५ र १६ गते भएको विधान महाधिवेशन सर्वसम्मत रुपमा भएकामा विरोधीहरु अचम्ममा परेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top