होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्ली इलेक्सन सम्भव नभएको बताएका छन् ।
वर्षा र त्यसले निम्त्याएको बाढी पहिरोले पुर्याएको क्षतिको स्थलगत अध्ययन गर्न सुदूरपश्चिम हिँडेका पौडेलले आज धनगढी विमानस्थलमा पत्रकारहरुसँग संसद पुर्नस्थापनाको मुद्दा अर्ली चुनावका लागि नभएको उल्लेख गरेका हुन् ।
‘हाम्रै पार्टी सभापतिको नेतृत्वमा अदालत गएर अदालतको आदेशमा संसद पुनःस्थापना भएर सरकार बनेको छ । अझ समय नपुग्दै संसद विघटन गरी चुनावमा जान सम्भव छैन’, पौडेलले भने ।
फरक प्रसंगमा बोल्दै उनले पार्टी महाधिवेशन मंसिरमा तोकिएको समयमानै हुने दाबी गरे । तोकिएको समयमा अधिवेशन नभए पार्टीको वैधानीकता गुम्ने उनको तर्क थियो ।