ट्रेण्डिङ

होमपेज / राजनीति

आज देशभर एमालेको वडा अधिवेशन,बाढी पहिरो प्रभावित जिल्लामा केही समयपछि हुने

नेपालगाथा २०७८ कार्तिक ६ गते शनिबार ०९:१७:११ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)ले आज शनिबार मुलुकभर वडास्तरका अधिवेशन गर्दैछ ।

 वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ ।बाढीपहिरोबाट प्रभावित जिल्लामा भने आज वडा अधिवेशन हुने छैन । एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।

एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ । विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top