ट्रेण्डिङ

होमपेज / राजनीति

गगन थापाले भने-सरकारको काम सोचेजस्तो भएन

नेपालगाथा २०७८ कार्तिक ५ गते शुक्रबार १४:३३:२२ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको कामगराई अपेक्षित नरहेको बताएका छन् । 

पूर्वमन्त्री समेत रहेका नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।थापाले नेपालमा रोजगारी सिर्जना गराउनुनै अहिलेको महत्त्व र आवश्यकता भएको बताएका छन् । कांग्रेस नेतृत्वको सरकारलाई काम नगर्ने वा समय खेर फाल्ने छुट नरहेको भन्दै थापाले सरकारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री नै गम्भीर हुनुपर्ने बताए ।

राजनीतिक दलहरुमा पनि अब उत्पादन र रोजगारी सिर्जना एजेण्डा बन्नुपर्ने भन्दै उनले आफ्नो दलको नेतृत्त्वमा रहेको सरकारले परिणात्मक काम गरेमात्र जनतासँग भोट माग्न सकिने बताए । “शेरबहादुर देउवा नेतृत्त्वको सरकारले एकवर्ष सरकार सञ्चालन हुँदा मैले यति रोजगारी सिर्जना गरेर कतार कोरियालगायत देशमा भएका जनशक्तिलाई नेपाल फर्काएँ भनोस् अनि मात्र भोट माग्न जाँदा गौरव गर्न सकिन्छ,” उनले भने ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई छिमेकी मुलुक भारत र चीनबाट फाईदा लिने मौका नचुकाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top