ट्रेण्डिङ

होमपेज / राजनीति

एमसीसी पास हुन्छ,यसमा संशोधन गर्नुपर्ने कुरै केही छैन:देउवा

नेपालगाथा २०७८ कार्तिक ५ गते शुक्रबार ०९:४८:१८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुनुपर्ने अडान दोहोर्‍याएका छन् ।

एमसीसी सम्झौता संसदबाट पास गर्नुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले गलत प्रचार राेक्नुपर्ने बताए ।धनगढीमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा देउवाले एमसीसी नेपालको कानुनभन्दा तलै रहने कुरा अमेरिकाले प्रष्ट पारिसकेको दाबी पनि गरे । 

‘एमसीसी पास हुन्छ । यसमा संशोधन गर्नुपर्ने कुरै केही छैन । एमसीसीको बारेमा झूठा प्रचार गरिएको छ,’ देउवाले भने, ‘विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा नेपालको कानूनभन्दा अन्तर्राष्ट्रिय कानून लागू हुन्छ । एमसीसी त अनुदान हो । उनीहरुले नै यसमा नेपालकै कानून लागू हुने बताएका छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top