होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न पार्टी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने दोहोर्याएका छन् ।
बिहीबार धादिङको धुनिबेसी नगरसमितिको कार्यालय उद्घाटनपछि नेता सिंहले पार्टी सभापति शेरबहादुर देउवाको नाम नलिई अवसर पाएर काम गर्न नसक्नेहरू आफैँ बिदा नभए प्रतिनिधिहरूबाट बिदा हुने बताए ।
‘गणेशमानको परिवारले सधैं त्याग मात्रै गरेको छ । अब म पार्टीको नेतृत्व गर्छु,’ उनले भने, ‘म गणेशमानको छोरा भएर मात्रै राजनीतिमा आएको होइन । मेरो आफ्नै छुट्टै संघर्ष छ। यहाँसम्म आइपुग्दा धेरै अवरोधहरुको समाना गरेको छु ।’ उनले आफू अन्य क्षेत्रमा असफल भएर राजनीतिमा नआएको पनि उल्लेख गरे ।