ट्रेण्डिङ

होमपेज / राजनीति

बागमती प्रदेशको प्रदेश सभा बैठक बस्दै

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने

नेपालगाथा २०७८ कार्तिक ४ गते बिहीबार १०:१८:५९ मा प्रकाशित

काठमाडौं । आज बिहीबार बागमती प्रदेशको प्रदेश सभा बैठक बस्दै छ ।

आज अपराह्न वाग्मती प्रदेशसभाको बैठक आह्वान गरिएको छ । उक्त बैठक अगाडि नै नयाँ सरकार गठनका विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो ।  बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छन् । 

शाक्यले विश्वासको मत लिने प्रयोजनका लागि २४ असोजमा प्रस्ताव टेबुल गराएपछि प्रदेशसभा बैठक ४ कात्तिकसम्म स्थगित गरिएको थियो ।कांग्रेस प्रदेश संसदीय दलका एक नेताकाअनुसार बिहानको बैठकले प्रदेशको नेतृत्व र मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top