होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार निमित्त नायवी सरकार भएको बताएका छन् ।
ओलीले सत्ता गठबन्धनका दलहरूले चुनावसम्म ‘साँठगाँठ’ नगरे वडा समेत नजित्ने दाबी गरेका छन् । बुधबार वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा उनले त्यस्तो बताएका हुन् ।ओलीले आगामी निर्वाचनपछि च्याखे थाप्ने पार्टीहरु सकिने बताएका छन् ।नेकपा माओवादी केन्द्रप्रति लक्षित गर्दै उनले भने, ‘हाम्रो वैचारिक र चुनावी प्रतिस्पर्धा कांग्रेससँग हुन्छ । च्याखे थाप्ने पार्टीलाई चुनावबाट फाल्दिनुपर्छ ।’
उनले आफूहरूको वैचारिक र सांगठनिक लडाइँ नेपाली कांग्रेससँग भएको पनि बताए ।