होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।
बैठक बिहीबार दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।बैठकमा विधान महाधिवेशनको समिक्षा गर्नुका साथै वडा, पालिका र राष्ट्रिय महाधिवेशनका सम्बन्धमा छलफल हुने एमालेले जनाएको छ ।
यस्ता छन् बैठकका पाँच एजेन्डा
१. विधान महाधिवेशनको समीक्षा
२. वडा अधिवेशन कात्तिक ६ गते सम्बन्धमा
३. पालिका अधिवेशन कात्तिक ९ सम्बन्धमा
४. राष्ट्रिय महाधिवेशन सम्बन्धमा विषय प्रवेश
५. हालै भएको अविरल वर्षाका कारण भएको जनधनको क्षति सम्बन्धमा ।