ट्रेण्डिङ

होमपेज / राजनीति

यो जनादेश र परमादेश दुवै पाएको सरकार हो,एमसीसी नेपालको हितमा छ:प्रधानमन्त्री देउवा

नेपालगाथा २०७८ कार्तिक ३ गते बुधबार १२:२९:३६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई जनादेश र परमादेश दुवै प्राप्त भएको बताएका छन् ।

 प्रधानमन्त्री देउवाले भनेका वर्तमान सरकारलाई परमादेश र जनादेश दुवै प्राप्त भएको बताएका हुन् ।आफू प्रधानमन्त्री भएपछि सरकारी मुखपत्र गोरखापत्रलाई पहिलो अन्तर्वार्ता दिँदै देउवाले सर्वोच्च अदालतले संविधानको व्याख्या गरेर परमादेश र १६५ सांसदले विश्वासको मत दिएर सरकारलाई जनादेश दिएको बताए ।

त्यसैगरि प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सम्झौता (एमसीसी)मा करेक्सन गर्न अमेरिका तयार रहेको बताएका छन् ।केही तत्वले एमसीसी अनुमोदनमा बखेडा झिकेकोप्रति असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्री देउवाले एमसीसी ऋण नभएर अनुदान रहेको स्पष्ट पारे ।

एमसीसी अमेरिकाले दिएको विकास अनुदान भएको बताउँदै देउवाले भनेका छन्, ‘एमसीसी नेपाललाई दिइएको ग्रान्ट हो । ब्याजमा होइन यो । ऋण होइन, अनुदान हो । केही तत्व छन् नेपालमा, तिनले एमसीसीको नाममा बखेडा गर्न खोजेका छन् । त्यसैले एमसीसी विशुद्ध नेपालको हितमा छ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top