ट्रेण्डिङ

होमपेज / राजनीति

  नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको कार्यतालिका हेरफेर

नेपालगाथा २०७८ कार्तिक २ गते मंगलबार १२:०९:४९ मा प्रकाशित

काठमाडौं ।  नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको कार्यतालिका हेरफेर भएको छ । 

आज बसेको स्थायी कमिटीको बैठकले पार्टी सदस्यता नवीकरण, पालिका सम्मेलन, प्रदेश सम्मेलन लगायतको मिति संशोधन गरेको हो ।पार्टी सदस्यता नवीकरणको म्याद २५ कात्तिकसम्म थप गरिएको छ । 

टोल सम्मेलन कात्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म म्याद थपिएको छ ।माओवादी केन्द्रले १४९ जनाको केन्द्रीय सल्लाहकार समिति र ९९ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च पनि गठन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top