ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री देउवाले भने-प्रजातन्त्रको खिलाफमा कसैले नसोचे हुन्छ

नेपालगाथा २०७८ आश्विन २४ गते आइतबार १४:५७:१३ मा प्रकाशित

काठमाडौं ।  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने टिप्पणी गरेका छन् ।

आइतबार पोखरामा गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको खिलाफमा कसैले पनि सोच्न नहुने बताए । वर्तमान राजनीतिक व्यवस्थाप्रति जनता असन्तुष्ट नभएको देउवाको संकेत थियो ।

‘सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । कसैले सपना नदेखे हुन्छ, प्रजातन्त्रको खिलापमा’  देउवाले भने, ‘प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो अरु केही हुन सक्दैन।’प्रधानमन्त्री देउवाले संघीयता कार्यान्वयन गर्न बाँकी रहेको बताए । संघीयताको कार्यान्वयनबाट छिटो–छरितो विकासका काम अघि बढाउन सकिने उनको भनाइ थियो 

प्रतिक्रिया

सम्बन्धित खवर

Top