ट्रेण्डिङ

होमपेज / राजनीति

बाेल्दाबाेल्दै चिप्लिए प्रधानमन्त्री देउवा

पोखराको भाषणमा बोले दुई गलत तथ्य

नेपालगाथा २०७८ आश्विन २४ गते आइतबार १४:३७:५५ मा प्रकाशित

पोखरा । गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार पोखरा, नयाँबजारस्थित क्षेत्रीय संग्रहालयमा स्थापित साक्षर प्रदेशको स्तम्भ अनावरण गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो सम्बोधनको क्रममा तथ्यमा चिप्लिएका छन् ।गण्डकी प्रदेशलाई आइतबार साक्षर प्रदेश घोषणा समारोहमा बोल्दा उनी तथ्यमा चुकेका हुन् । सम्बोधनको सुरुमै उनले भनेका थिए, `यो प्रदेश विद्वान जन्मेको ठाउँ हो । महाकवि लक्ष्मीप्रसाद देवकोटा यहीँ जन्मिनुभयो । लेखनाथ पौड्यालजी, मोतिराम भट्टलगायत विद्वान जन्मेको ठाउँ हो यो । यहीँ ठाउँ आज पहिलो साक्षर प्रदेश घोषणा भएको छ । बधाई दिन चाहन्छु ।´प्रधानमन्त्री देउवाले दाबी गरेजस्तो महाकवि देवकोटा र कवि भट्ट गण्डकी प्रदेशमा जन्मिएका होइनन् । देवकोटा र भट्ट दुवैको जन्म काठमाडौंमा जन्मिएका हुन् । पौडेलको जन्म भने कास्कीमा भएको हो ।

त्यसपछि सभागृहमा आयोजित औपचारिक कार्यक्रममा प्रधानमन्त्री देउवाले साक्षर घोषणा भएकोमा गण्डकीवासी र गण्डकी सरकारलाई बधाई दिए । उनले ‘देशकै विद्वान्हरूले जन्म लिएको ठाउँ गण्डकी पहिलो साक्षर घोषित’ भएको भनेर बधाई दिए ।तर, गण्डकी देशको पहिलो नभई दोस्रो साक्षर घोषित प्रदेश हो । यसअघि, यही असोज ११ गते वाग्मती प्रदेश देशकै पहिलो साक्षर प्रदेश घोषणा भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top