होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूपछिको बरियतामा गृहमन्त्री बालकृष्ण खाँणलाई राखेका छन् । देउवाले यसपालि उपप्रधानमन्त्री कसैलाई पनि बनाएनन्। उपप्रधानमन्त्री हुन नपाउने भएपछि जसपा अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी भएका छैनन्।
अब प्रधानमन्त्री देउवा विदेश जाँदा वा कुनै कारणले काम गर्न असमर्थ भएर जिम्मेवारी दिनुपर्दा गृहमन्त्री खाँणले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउने छन् ।यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चार जनासम्म उपप्रधानमन्त्री थिए।