होमपेज / राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीहरुको मन्त्रालय टुंगो लगाएको छ ।
सरकारमा सहभागी हुने मन्त्रीको नाम बुधबार नै टुंगो लगाइए पनि मन्त्रालयको जिम्मेवारी भने टुंगो लागेको थिएन ।माओवादीले देवेन्द्र पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सिफारिसको तयारी गरेको छ ।
नेताहरू महेश्वर गहतराज र शशी श्रेष्ठ मन्त्री बन्दैछन् भने बोधमाया यादव राज्यमन्त्री हुने भएकी छिन् । शशी श्रेष्ठ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमा युवा तथा खेलकुद महेश्वरजंग गहतराजलाई सिफारिस गर्ने निर्णय गरेको छ ।माओवादी केन्द्र्रले राज्यमन्त्रीमा बोधमाया यादवलाई बनाउने भएको छ ।