होमपेज / राजनीति
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीको सूची बुझाएको छ ।
जसपा नेता मोहम्मद इश्तियाक राईका अनुसार सरकारमा जाने मन्त्रीहरुको नेतृत्व राजेन्द्र श्रेष्ठले गर्ने भएका छन् । शुक्रबार बिहान बसेको जसपाको शीर्ष नेताहरूको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने चार मन्त्रीको नाम टुंगो लगाएको हो ।
अध्यक्ष यादवले मन्त्रीका लागि राजेन्द्र श्रेष्ठ, रामसहाय यादव, रेणु यादव र प्रमोद साहको नाम प्रधानमन्त्रीलाई बुझाएका छन् । प्रधानमन्त्री देउवाले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । यसअघि अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईबीचको बैठकले राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको थियो ।
लामो समयको छलफल पछि मन्त्रीहरुको नाम टुंगोमा पुगेको हो ।