होमपेज / राजनीति
काठमाडौं । नेकपा एकीकृत समाजवादीले संघीय सरकारमा चारवटा मात्र मन्त्रालय पाउने भएको छ ।
एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित ४ मन्त्रालय पाउने भएको छ ।विहीबार बसेको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धन सरकारमा आफूहरुले स्वास्थ्यसहित चारवटा मात्र मन्त्रालय पाउने जानकारी दिएका हुन् ।
संघीय सरकारमा नेकपा एसले यी मन्त्रालय पाउने भएको छ :
१) स्वास्थ्य तथा जनसंख्या
२) श्रम तथा रोजगार
३) संस्कृति पर्यटन तथा नागरिक उड्डयन
४) सहरी विकास मन्त्रालय