होमपेज / राजनीति
काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा शुरू भएको छ ।
बैठकमा सहमति जुटे आजै मन्त्रिपरिषद् विस्तार गरिने नेकपा (एकीकृत समाजवादी)का नेता विरोध खतिवडाले बताए । उनका अनुसार आजको बैठकमा केही मन्त्रालय हेरफेरका विषयमा पनि छलफल हुनेछ ।
बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
“अस्ति भएका भनिएका केही सहमतिमा पनि हेरफेर हुनसक्छ,” उनले भने, “अध्यक्षज्यूले यही बैठकमा हामीबाट बन्ने मन्त्रीहरूको नाम दिनुहुन्छ ।”
नेता खतिवडाले पार्टीबाट बन्ने मन्त्रीहरूको नाम भने खुलाएनन् ।