होमपेज / राजनीति
काठमाडौं । मन्त्रालयको भागबन्डा मिलेपछि सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस मन्त्री छनोटमा लागेको छ ।
मन्त्रिपरिषदमा सहभागी हुने पार्टीका मन्त्रीको नाम तय गर्न पदाधिकारी बैठक बसेको हो । त्यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षको छुट्टाछुट्टै बैठक बसेको थियो ।
हाल कांग्रेसका तर्फबाट गृहमा बालकृष्ण खाँण, परराष्ट्रमा डा. नारायण खड्का, कानुन, न्याय तथा संसदीय मामिलामा ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ छन्।पौडेल पक्षले सरकारमा २ वटामात्रै मन्त्रालय पाउने सम्भावना छ ।