होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेताहरूको एउटा टोली पाँच दिन लामो भारत भ्रमणका लागि भोलि त्यसतर्फ जाने भएको छ ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकटका दोस्रो तहका नेताहरूलाई राजनीतिक दूतका रुपमा भारत पठाउँदै सुधारका प्रयास थालेका हुन् । उक्त टोली बिहीबार भारत जाने तयारीमा छ ।
पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा नेपाल तरुण दलका पूअध्यक्षसमेत रहेका पूर्वअर्थ राज्यमन्त्री उदयशमशेर राणा र पूर्वसांसद अजय चौरसिया भारत जान लागेका हुन् ।दुई मित्र मुलुकका दलहरूबीच हार्दिकता कायम राख्ने र एक-आपसमा अन्तरक्रिया बाक्लो बनाउने लक्ष्य अनुरुप भ्रमण हुन लागेको पूर्व परराष्ट्रमन्त्री समेत रहेका कांग्रेस नेता डा. प्रकाशशरण महतले बताए ।
टोलीले नयाँ दिल्ली, मुम्बई र वनारसको भ्रमण गर्नुका साथै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पनि भेट गर्ने कार्यक्रम छ ।