ट्रेण्डिङ

होमपेज / राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै

नेपालगाथा २०७८ आश्विन १९ गते मंगलबार १५:०२:५२ मा प्रकाशित

काठमाडौँ। मन्त्रिपरिषद् बैठक केहिबेरमा बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलवार (आज) ४ बजेका लागि बैठक बोलाएका हुन् । बैठक बालुवाटारमै बस्ने भएको छ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच आज बालुवाटारमा बसेको बैठकमा कुन दलले कुन मन्त्रालय लिने भन्नेबारे मोटामोटी सहमति समेत भएको छ। प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आज छलफल भएको थियो।

बालुवाटार स्रोतका अनुसार सके आजै नभए बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने गरी तयारी गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top