होमपेज / राजनीति
काठमाडौं। १४ औं महाधिवशनमा पार्टी सभापति लड्ने तयारीमा रहेका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंह फेरि छलफलममा जुटेका छन् । । तीन नेताबीच निधि निवास बानेश्वरमा दिउँसो तीन बजे छलफल हुने निधिका सहयोगी रामजी दाहालले जानकारी दिए ।
सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिएका विमेन्द्र निधिले यसपटक विद्रोह गरेर सभापतिको उम्मेदवार बन्ने तयारी गरेका छन् ।त्यस्तै महामन्त्री डा.कोइरालाले पनि आफू सभापतिको उम्मेदवार बने मात्रै देउवालाई हराउन सक्ने र अरु कसैले हराउन नसक्ने बताउँदै आएका छन् ।उता प्रकाशमान सिंहले पनि आफू गणेशमान सिंहको छोरा भएकै कारण सभापति हुन नपाउने ? भन्दै सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका छन् । ्र
भेटमा साझा उम्मेदवारका साथै क्रियाशील सदस्यता विवाद, जिल्ला अधिवेशन लगयतका विषयमा कुरा हुने बताइएको छ । यस्तै सरकार विस्तारको विषयले पनि छलफलमा प्रवेश पाउने छ ।