होमपेज / राजनीति
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रिपरिषद् विस्तार हुने दाबी गरेका छन् । सोमबार पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले त्यसको जानकारी दिए ।
उनले भने, ‘क्याबिनेट विस्तार गरेर आज शपथ ग्रहण गर्ने नभए टुंग्याउने काम भने आजै हुन्छ ।’ सरकार बनेकाे लामाे समय भइसक्दा समेत मन्त्रिपरिषदले पूर्णता पाउन नसकेपछि आलाेचना भइरहेकाे छ ।