ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय युवा संघकाे वीरेन्द्रनगर नगर कमिटीकाे अध्यक्षमा रामु खत्री

नेपालगाथा २०७८ आश्विन १७ गते आइतबार १०:४३:३५ मा प्रकाशित

सुर्खेत । राष्ट्रिय युवा संघ नेपाल वीरेन्द्रनगर नगर कमिटीका अध्यक्ष रामु खत्रीले अब वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा स‌ंगठन विस्तार गर्ने बताएका छन् ।  राष्ट्रिय युवा संघ नेपाल वीरेन्द्रनगर नगर कमिटीले पूर्णता पाएसँगै अध्यक्ष खत्रीले यस्ताे बताएका हुन् । अध्यक्ष खत्रीकाे नेतृत्वमा वीरेन्द्रनगरमा २०१ सदस्यीय कमिटी बनेकाे छ। कमिटीको वरिष्ठ उपाध्यक्षमा सुशील बि.सी, उपाध्यक्षहरु क्रमश: राजु खत्री, आकाश अधिकारी, उदय बुढा, चित्र थापा, सविन शर्मा, चयन भएका छन् ।

कमिटीको सचिवमा विजय थापा मगर, सहसचिवमा क्रमश: तेजराम भण्डारी, शंकर कँडेल, सुदीप कँडेल, प्रकाश गुरुङ र कोषाध्यक्षमा रञ्जना भण्डारी थापा चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top