ट्रेण्डिङ

होमपेज / राजनीति

गगन थापाले भने-कांग्रेसले जनताको विश्वास जित्न सकेन

नेपालगाथा २०७८ आश्विन १६ गते शनिबार १५:१०:२९ मा प्रकाशित

काठमाडौं । कांग्रेस नेता गगन थापाले आसन्न महाधिवेशनबाट आगामी आमनिर्वाचनमा सबै कम्युनिस्ट पार्टीहरु एक भए पनि जित्ने तागत कांग्रेसले आर्जन गर्नुपर्ने बताएका छन् ।

थापाले नागरिकको बिचमा गएर संवाद गर्न सक्ने नेतृत्व आवश्यक भएको बताएका छन् । काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा थापाले कांग्रेसले जनतामा आशा र भरोसा दिलाउन नसकेको बताए ।

‘ढिलो चाँडो हुनसक्छ । तर अब पार्टीको महाधिवेशन हुन्छ । यो महाधिवेशनबाट बाहिर निस्किनेबित्तिकै हाम्रो अगाडि लगातार तीन तहको चुनाव आउँछ,’ शनिबार कांग्रेसको काठमाडौं महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता थापाले भने, ‘कांग्रेस अर्काले पस्केको खाने जात होइन । हामी आफैँले एकल शक्तिको आधारमा काठमाडौं महागनरमा कांग्रेसको झण्डा गाड्ने हो । र यो पटक कोहीसँग मिलेर होइन, एकल शक्तिका आधारमा पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसले लिने हो ।’

उनले कांग्रेसमा देखिएको अहिलेको यथास्थितिबादले जनताको विश्वास जित्न नसक्ने बताए । “आज जसरी पार्टी चलेको छ यसले कांग्रेसप्रति जनताको भरोसा दिलाउन सक्दैन,” उनले भने । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top