होमपेज / राजनीति
काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशनको दोस्रो दिन शनिबार समूहगत छलफल भएको छ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल भइरहेको हो ।
छलफलको क्रममा अधिकांश समूहको जोड समावेशीतासहित उपाध्यक्ष सात हुनुपर्नेमा छ। यस्तै, नेताहरूको व्यवस्थापन र एकतालाई अगाडि बढाउँदा पनि पदाधिकारी थप्दा पनि पाँच उपाध्यक्षको औचित्य नभएको छलफलमा उठेको छ।