होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेस मुस्ताङको सभापतिमा पूर्वमन्त्री रोमी गौचन थकाली सर्वसम्मत निर्वाचित भएका छन् ।
जारी महाधिवेशन प्रक्रियामा उनी जिल्ला सभापति निर्वाचित हुने पहिलो कांग्रेस नेता हुन् । २०७० मा मुस्ताङबाट प्रत्यक्ष निर्वाचित भएका थकाली संविधान निर्माणपछि प्रचण्ड नेतृत्वको सरकारमा वाणिज्य मन्त्री थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार उनी सर्वसम्मत निर्वाचित भएका हुन् ।