ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले नेकपाको विरासत बोकेको पार्टी हो : अध्यक्ष ओली

नेपालगाथा २०७८ आश्विन १५ गते शुक्रबार १६:२१:१८ मा प्रकाशित

काठमाडौँ । एमाले नेपाल कम्युनिस्ट पार्टीको बिरासत बोकेको पार्टी भएको अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । विधान महाधिवेशनलाई सम्बोधन गर्दै शुक्रबार ओलीले एमालेले नेकपाका सकरात्मक कुरा बोकेर अगाडि बढेको बताएका हुन् । ‘नेकपाको निरन्तरतासहित सकारात्मक विरासत बोकेको पार्टी हो एमाले । यो एकीकृत पार्टी हो,’ ओलीले भने, ‘यो एकीकृत पार्टीको पहिलो विधान महाधिवेशन पनि हो ।’

एमाले र माओवादी बीचको २०७३ जेठ ३ गतेको एकीकरण पछि बनेको नेकपा ुसीमित व्यक्तिका कारण एकता पूर्णता पाएन र अदालतको फागुन २३ गतेको दुवै पार्टीलाई जेठ ३ गते पूर्वको अवस्थामा फर्काउनालेु अहिले एमालेमा नै क्रियाशील हुनुपरेको ओलीको भनाइ थियो ।

यस्तो अवस्थाले एमाले क्रियाशील रहेको भएपनि नेकपाको विरासत आफ्नो पार्टीसँग भएको ओलीको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top