ट्रेण्डिङ

होमपेज / राजनीति

अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधान्यायाधीशलाई सफाइ

नेपालगाथा २०७८ आश्विन १५ गते शुक्रबार १५:१८:०२ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधान्यायाधीशलाई सफाइ दिएको छ ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलासले पूर्व प्रधानन्याायधीशविरुद्ध दायर गरिएको अवहेलना मुद्दामा मागदाबी नपुग्ने भन्दै निवेदन खारेज गरेको हो ।५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि २४ पुसमा पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वव्यक्त जारी गर्दै संविधान आकर्षित नहुने धारा प्रयोग गरेर संसद भंग गरिएको बताएका थिए ।

अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरी स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप गरेको भन्दै अधिवक्ता धनजीत बस्नेतले चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top