ट्रेण्डिङ

होमपेज / राजनीति

नेपालमा एमसिसी अनुमोदनको प्रयासबारे बोर्ड बैठकमा समीक्षा

नेपालगाथा २०७८ आश्विन १५ गते शुक्रबार १४:२५:४१ मा प्रकाशित

काठमाडौँ । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताको पछिल्लो अवस्थाबारे एमसीसीको बोर्ड बैठकमा समीक्षा गरिएको छ । एमसिसीको मुख्यालय वासिङ्टन डिसीमा भएको बैठकमा नेपालको संसदबाट एमसिसी अनुमोदनका लागि भएका प्रयासबारे छलफल भएको हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकेंनको अध्यक्षतामा भएको बोर्ड बैठकमा एमसिसी अनुमोदनलाई अगाडि बढाउनका लागि एमसिसीको उच्चस्तरीय टोलीले यसै महिनाको सुरुमा गरेको नेपाल भ्रमण र पछिल्लो अवस्थाबारे जानकारी दिइएको थियो ।

गत सेप्टेम्बर ९ मा एमसिसी उपाध्यक्ष फतिमा सुमारले नेपाल भ्रमण गरेकी थिइन् । नेपालमा रहँदा उनले राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटी एमसीसी शीघ्र अनुमोदन गर्न आग्रह गरेकी थिइन् । एमसिसी बोर्ड बैठकमा अन्य विभिन्न मुलुकमा सञ्चालन भइरहेका परियोजनाबारे पनि छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top