होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ ।
ललितपुरको गोदावरीस्थित सभाहलमा अध्यक्ष केपी शर्मा ओलीले १ बजेर २५ मिनेटमा महाधिवेशनको उद्घाटन गरेका छन् ।विधान महाधिवेशनको अध्यक्ष मण्डल गठन गरिएको छ । अध्यक्षमा केपी शर्मा ओली छन् । उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य छन् ।
स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा बादल, सुवास नेम्वाङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा अध्यक्ष मण्डलमा समेटिएका छन् ।