होमपेज / राजनीति
काठमाडौं ।नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि एमालेमा लागेका तत्कालीन माओवादी केन्द्रका नेता प्रभु साहको समूह एमालेको विधान महाधिवेशनमा सहभागी नहुने भएको छ ।
८बुँदे प्रस्ताव राखेका साहले बिहीबार विहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए भने साँझ महासचिव ईश्वर पोखरेल लगायतका नेताहरुसँग कुराकानी गरेका थिए । तर सहमति नजुटकाले विधान महाधिवेशनमा आफूहरु नजाने साहले बताएका छन् ।
एमालेले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रुपमा स्वीकार गरेपछि साहले विरोध जनाउँदै आएका छन् । उनले नेकपाकालीन मार्गदर्शक सिद्धान्त हुनुपर्ने वकालत गरेका छन् ।