ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचण्डले भने-उत्तराधिकारी घोषणा गर्ने गल्ती गर्दिनँ

नेपालगाथा २०७८ आश्विन १४ गते बिहीबार १८:४४:२५ मा प्रकाशित

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले तत्काल पार्टीको नेतृत्व नछाड्ने बताएका छन् । प्रचण्डले उत्तराधिकारी घोषणा गर्ने गल्ती आफूले नगर्ने बताएका छन् । यद्यपि विचार, राजनीति र योजनासहित आए र पार्टीले पास गरे नेतृत्व छाड्न तयार रहेको उनले बताए ।

 बिहीबार राजधानीमा अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले आफ्नो पार्टीमा केही नेताहरु प्रचण्डबाट हुँदैन भन्नेमा लागेकोसमेत बताए ।उनले भने, ‘मुखमा त भन्न सक्दैनन्, तर अब प्रचण्डबाट हुँदैन भन्छन् रे । सबैलाई समेटेर लिने भेटिए त म किताब लेखेर बस्छु । तर यसो हेर्छु…। लास्ट एक पटक लडाइँ लड्छु ।’ 

तर, उनले आफूसँग प्रतिस्पर्धामा आउन भने नेताहरुलाई आह्वान गरे । उनले भने, ‘प्रतिस्पर्धामा आउनुहोस, राम्रो कार्यक्रम ल्याउनु भयो । पार्टीमा पारित भयो भने म उत्तराधिकारी घोषणा गरेर बिदा लिन्छु । तर अहिले नै उत्तराधिकारी घोषणा भने गर्दिनँ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top